जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

कञ्चनपुर, ११ असोज    

भीमदत्त नगरपालिका-५ बनखेतस्थित सोही नगरपालिका-६ बस्ने ५३ वर्षीय शिवराज भट्टले संचालन गरेको शिव शक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शिवराज समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ८ सय ८८ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।