बडा दशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना!
नेपालीहरूको महान् चाडपर्वहरू—बडा दशैँ, शुभ दीपावली, लोक–आस्थाको महापर्व छठ तथा राष्ट्रिय मौलिक संवत् नेपाल संवत् ११४७ को यस पावन अवसरमा, सुटमाला परिवारको तर्फबाट यहाँ, यहाँको परिवार तथा समस्त इष्टमित्र एवं ग्राहक महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!
परम्परा, मौलिक संस्कृति र आपसी सद्भावको जगेर्ना गर्ने यी चाडपर्व तथा नयाँ संवत्ले हामी सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह थप्नेछ भन्ने विश्वास लिएका छौँ। यो उज्यालोको पर्व दीपावली, निष्ठाको पर्व छठ र नेपाल संवत् ११४७ ले यहाँको जीवनमा उज्यालो, शान्ति र दीर्घायु ल्याओस्।
सुरुवातदेखि नै सुटमालालाई अमूल्य माया, विश्वास र साथ दिँदै आउनुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, व्यावसायिक साझेदारहरू, शुभचिन्तकहरू तथा मिडियाकर्मीहरूप्रति हामी हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यहाँको व्यापारिक तथा व्यक्तिगत जीवनमा उन्नतिको नयाँ उचाइहरू हासिल होस्, यही मंगलमय शुभकामना व्यक्त गर्दछौं।
शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पुनः धेरै धेरै शुभकामना!
राज कार्की
कार्यकारी निर्देशक एवम् सीईओ
सुटमाला परिवार।
“सुट पनि पाइने, खुसी पनि मिल्ने”



प्रतिकृया दिनुहोस्