टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ

टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ

धनुषा, सामाजिक सञ्जाल टिकटकमा समाजमा हिंसा फैलाउने, गालीगलौज गर्ने र धाकधम्की दिने किसिमका आपत्तिजनक भिडियोहरू पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय ‘क्रिमिनल’ भन्ने राजु यादव रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति नियन्त्रणमा लिएको हो।

विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी आपत्तिजनक सामग्री अपलोड गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।