‘शिव सर्किट’ केवल सडक होइन, समृद्धिको मार्ग हो: माननीय मन्त्री डा. दिनेशचन्द्र देवकोटा
काठमाडौं । बागमती प्रदेश सरकारले धार्मिक पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने लक्ष्यसहित अघि सारेको ‘शिव सर्किट परियोजना’ लाई प्रदेशको विकास यात्राको ऐतिहासिक अभियानका रूपमा अघि बढाएको छ। प्रदेशका १३ जिल्लामध्ये १० जिल्लामा रहेका ६४ पवित्र शिवलिङ्गलाई एउटै धार्मिक पर्यटन...


