विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !

विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !

आदरणीय तथा आत्मीय वडाबासी दाजुभाइ, दिदीबहिनी, आमाबुबा एवं सम्पूर्ण युवा साथीहरूमा हार्दिक नमस्कार !

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको र अन्धकारमाथि प्रकाशको शाश्वत विजयको प्रतीक, हाम्रो महान् सांस्कृतिक पर्व विजया दशमी २०८३ को यस पावन एवं गरिमामय अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का सम्पूर्ण आदरणीय वडाबासी जनसमुदाय साथै समस्त देश तथा बिदेश मा छरिएर रहनुभएका सम्पुर्ण नेपाली हरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विजया दशमी केवल परम्परा र रीत थाम्ने पर्व मात्र होइन; यो त हाम्राभित्र रहेका निराशा, आलस्य र नकारात्मक सोचहरूलाई परास्त गरी नयाँ उत्साह, उमङ्ग र संकल्पका साथ अघि बढ्ने ऊर्जाको स्रोत पनि हो। टीकाको रातो अक्षताले सद्भावना, जमराको पहेंलो सिर्जनाले समृद्धि र नवदुर्गा भवानीको शक्तिले हामीलाई सधैँ सत्य, न्याय र सदाचारको मार्गमा अविचलित भई हिँड्ने प्रेरणा प्रदान गर्दछ।

एक जनप्रतिनिधिको रूपमा मेरो अहोरात्रको प्रतिबद्धता भनेकै हाम्रो वडाको सर्वाङ्गीण विकास, पारदर्शिता र प्रत्येक वडाबासीको मुहारमा मुस्कान ल्याउनु हो। विजया दशमीको यो पावन शक्तिले हामी सबैमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउने उच्च मनोबल र सकारात्मक सोच प्रदान गरोस्। आउनुहोस्, हामी सबै मिलेर हाम्रो वडालाई अझ स्वच्छ, सुरक्षित, सभ्य र नमुना समाजको रूपमा निर्माण गर्न हातेमालो गरौँ। युवाहरूको ऊर्जा, ज्येष्ठ नागरिकहरूको मार्गदर्शन र महिलाहरूको सक्रिय सहभागिताले नै हाम्रो वडालाई समृद्धिको नयाँ उचाइमा पुर्‍याउनेछ।

महाकाली, महालक्ष्मी र महासरस्वतीको असीम कृपा एवं शक्तिस्वरूप नवदुर्गा भवानीको आशीर्वादले यहाँहरू प्रत्येकको घरआँगनमा खुसीको उज्यालो छाओस्, अधुरा सपनाहरू पूरा हुन् र हाम्रो समाजमा भ्रातृत्व एवं समृद्धिको सदा वास रहोस्।

शुभ विजया दशमी २०८३ !
जय नवदुर्गा भवानी ! जय बुढानिलकण्ठ !
शुभकाङ्क्षी:
श्री सुमित्रा त्रिपाठी पाण्डे
अध्यक्ष
बुढानिलकण्ठ नगरपालिका, वडा नं. ९, काठमाडौँ