मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा

मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा

मुगु, असोज — मुगुको छायाँनाथ रारा नगरपालिका-५ कार्किवाडामा ७५ वर्षीय वृद्ध धनबिर कामीको धारिलो हतियार (खुडा) प्रहार गरी हत्या गरिएको छ। हत्याको अभियोगमा सोही ठाउँका ३२ वर्षीय अजबिर कामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

घटना विवरण अनुसार अजबिर कामीले धारिलो हतियार खुडा प्रहार गर्दा धनबिर कामी गम्भीर घाइते भएका थिए। घाइते धनबिरलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको टोलीले आरोपी अजबिरलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र थप विवरणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।