जापान र अजरवैजान पठाइदिने भन्दै ३३ लाख ठगी: काठमाडौंबाट दुई ‘योजनाकार’ पक्राउ !
काठमाडौं, २३ चैत । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। ‘राम्रो तलब र सुविधा’ को सपना बाँडेर युवाहरूलाई ठग्ने गिरोहका मुख्य व्यक्तिहरू आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा समातिएका हुन्। को-को हुन् पक्राउ पर्ने? पक्राउ पर्नेहरूमा बैतडी दोगडाकेदार गाउँपालिका-५ घर भई हाल…


