बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
श्रद्धेय दाजुभाइ तथा दिदीबहिनीहरू, व्यावसायिक साझेदार एवं समस्त शुभचिन्तकहरूमा हार्दिक नमस्कार!
हिमाल, पहाड र तराईलाई एउटै सुन्दर सूत्रमा बाँध्ने, भाइचारा, पारिवारिक पुनर्मिलन, आत्मीयता र एकताको प्रतीक नेपालीहरूको महान् पर्व बडा दशैँ २०८३ को यस पावन अवसरमा स्वदेश तथा विदेशका विभिन्न कुनामा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
आज कार्यक्षेत्र र विविध सिलसिलामा हामी संसारका जुनसुकै कुनामा पुगेका भए तापनि रातो टीका, जमरा, मान्यजनको आशीर्वाद अनि आफ्नै जन्मभूमिको सुवासले हामीलाई सधैँ आफ्नो माटो, मौलिक संस्कृति र संस्कारसँग जोडिरहन्छ। दशैँ केवल एउटा पर्व मात्र नभई हाम्रा मौलिक मूल्य-मान्यता, सुख-दुःखको साटासाट र देशप्रतिको अगाध प्रेमको उत्सव पनि हो।
यस खुसीको घडीमा, मलाई निरन्तर विश्वास र साथ दिनुहुने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज (Continental Trading Enterprises)का समस्त टिम तथा ग्राहकवर्ग, सिग्मा प्राइम इन्भेस्टमेन्ट प्रा. लि. (Sigma Prime Investment Pvt. Ltd.) का लगानीकर्ता एवं सहयोगी हातहरू, सिग्मा कलेज (Sigma College) का आदरणीय प्राध्यापक, कर्मचारी तथा प्रिय विद्यार्थी भाइबहिनीहरू, र हालै साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (Shangri-la Development Bank Ltd.) को २२औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति (Board of Directors), बैंक परिवार, शेयरधनी महानुभावहरू एवं ग्राहकवर्गहरूप्रति हृदयदेखि नै गहिरो आभार प्रकट गर्दछु। यहाँहरूको विश्वास र सहकार्य नै मेरो सफलताको आधारशिला हो।
नवदुर्गा भवानीले हामी सबैलाई असत्यमाथि सत्यको विजय प्राप्त गर्ने शक्ति, सामाजिक तथा आर्थिक समृद्धिको साझा संकल्प र आपसमा अझ मजबुत भाइचारा कायम गर्ने प्रेरणा प्रदान गरून्। विजया दशमी तथा दीपावलीका यी पावन पर्वहरूले हाम्रा सम्पूर्ण दुःख-कष्टहरू हरण गर्दै सबैको जीवनमा नयाँ उत्साह, आशा, ऊर्जा र सफलताको सञ्चार गरुन् भन्ने कामना गर्दछु।
जय मातृभूमि!
विष्णु प्रसाद ढकाल
वित्तीय निर्देशक – कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज
प्रबन्ध निर्देशक (MD) – सिग्मा प्राइम इन्भेस्टमेन्ट प्रा. लि.
सञ्चालक (Director) – सिग्मा कलेज
सञ्चालक (Board Director) – साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड



प्रतिकृया दिनुहोस्