ताजा समाचार

बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

बर्दिया, बर्दियामा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–९ का ३० वर्षीय पुरन थारूको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। गुलरिया नगरपालिका–१२ भैसाहीस्थित सडकमा लु.१ ख ५७४७ नम्बरको ट्रकमा अड्किएको केवलको तार हटाउने क्रममा उनलाई विद्युत्को तारबाट करेन्ट लागेको थियो। गम्भीर घाइते भएका थारूको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु…

बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन

काठमाडौं, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवालगायतका जिल्लाको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन्। बाढीपछि प्रभावित क्षेत्रमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको उद्धार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का तथा राहत वितरणलगायतका कामबारे प्रहरी महानिरीक्षक कार्कीले स्थलगत जानकारी लिएका छन्। अनुगमनका क्रममा उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा…

  • चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

    चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

    काठमाडौँ । जय नेपाल पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिँदै नेपाल महिला संगठनको सभापतिको जिम्मेवारी चम्पा (चाहना) अधिकारीलाई दिएको छ। पार्टीका सभापति डा. धवलशम्शेर राणाले अधिकारीलाई महिला संगठनको सभापतिमा चयन गरेका हुन्। राजनीतिमा सक्रिय अधिकारीले यसअघि राप्रपा निकट महिला संगठनमा केन्द्रीय...

  • विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह

    विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको बाढीलगायत हालैका प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनाबाट प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्वीर, भिडियो र व्यक्तिगत विवरण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल...

  • विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा

    विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा

    काठमाडौँ। २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ योगदान गरेको हो। त्यसैगरी, कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले समेत मानवीय भावनाका साथ...

  • एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै

    एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै

    नुवाकोट, भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका क्रममा नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला परेका छन्। नेपाल प्रहरीले प्रभावित क्षेत्रमा ड्रोन क्यामेराको सहयोगमा खोजी तथा उद्धार गरिरहेको क्रममा उक्त स्थानमा एउटा शव देखेको थियो।...

  • नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

    नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित धारागल्लीमा डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भएकी २९ वर्षीया तारा श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित करिब ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ। घटनाबारे प्रहरीले आवश्यक...

Page 1 of 2431234Next ›Last »