आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २३ असोज

​सिराहा, सुखीपुर नगरपालिका-६ बडहरी टोल बस्ने नथुनी मोचीको घरमा बुधबार बेलुकी आगलागी हुँदा करिब ८ लाख ३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

​भोजपुर, साल्पासिलिछो गाउँपालिका-२ दाग्वेला बस्ने कृष्ण बहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।