मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २० असोज

​काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बौथलीचोकस्थित घर रेख देख गरी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया देवी रावत सोही घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

​कैलाली, जानकी गाउँपालिका-९ छतिवन सामुदायिक वनस्थित कर्णाली नदीको किनारमा सुर्खेत चौकुने गाउँपालिका-१० घाटगाउँ बस्ने ६८ वर्षीया तलशी खनाल आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-७ पुडी बस्ने ५१ वर्षीया रत्न माया मोक्तान आफ्नै घरमा आइतबार मृत अवस्थामाफेला परेकी छिन् ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ चौरीटोलस्थित बागमती खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थमा फेला परेका छन् ।

बर्दिया, राजापुर नगरपालिका-२ सोहरियास्थित बुढीखोलामा सोही नगरपालिका-२ नयाँगाउँ बस्ने ५५ वर्षीयाफुलबन्ती थारू आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-८ लबटोली गोठटोलस्थित कुलोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।