त्रिविको इतिहासमै सबैभन्दा ठूलो दीक्षान्त! पुस १० मा १६ हजार विद्यार्थी दीक्षित, नोबेल विजेता काजिता प्रमुख अतिथि
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी पुस १० गते ५१औं दीक्षान्त समारोह भव्य रूपमा आयोजना गर्ने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत त्रिविले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सहभागी विद्यार्थीको विस्तृत विवरण सार्वजनिक गरेको हो।
त्रिविका अनुसार शैक्षिक सत्र २०८१ असार १ देखि २०८२ जेठ ३१ सम्म स्नातकदेखि पीएचडी तह उत्तीर्ण गरेका ८९ हजार १९९ विद्यार्थीमध्ये १६ हजार ३८० जनाले दीक्षान्तमा सहभागी हुन आवेदन दिएका छन्।
तहगत रूपमा दीक्षित हुने विद्यार्थी संख्या:
-
🎓 स्नातक (Bachelor): ११,२३४
-
🎓 स्नातकोत्तर (Master): ४,८६०
-
🎓 विद्यावारिधि (PhD): १५२
-
🎓 दर्शनाचार्य (M.Phil): १२०
-
🎓 अधिस्नातक (PG Diploma): १४
👉 कुल आवेदक: १६,३८० विद्यार्थी
भृकुटीमण्डपमा ऐतिहासिक भीड
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने यस समारोहमा करिब २३ हजार ९८० अभिभावकसहित ४२ हजारभन्दा बढीको सहभागितारहने अनुमान गरिएको छ। त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल का अनुसार यो सहभागिता त्रिविको इतिहासमै सबैभन्दा ठूलो दीक्षान्त समारोह हुनेछ।
२५ पदक र पुरस्कार वितरण
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई २५ वटा दीक्षान्त पदक तथा पुरस्कार प्रदान गरिनेछ।
विशेष आकर्षण: नोबेल पुरस्कार विजेता प्रमुख अतिथि
यस वर्षको दीक्षान्त समारोहलाई अझ ऐतिहासिक बनाउँदै जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
त्रिविको दीक्षान्त समारोहमा नोबेल विजेता सहभागी हुन लागेको यो पहिलो पटक हो, जसले विश्वविद्यालयको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उकासिने विश्वास गरिएको छ।
प्रधानमन्त्रीको अध्यक्षता
समारोहको अध्यक्षता त्रिविका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्की ले गर्नुहुनेछ। साथै शिक्षा मन्त्री तथा सह–कुलपति महावीर पुन र उपकुलपति प्रा.डा. दीपक अर्याल को विशेष उपस्थिति रहनेछ।



प्रतिकृया दिनुहोस्