विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- thantikhabar
- August 18, 2026
50
SHARES
काठमाडौं, भदौ १ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६, गोंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डेलाई आइतबार राति विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ गरिएको हो।
नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्वालालम्पुर जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा जननी बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिङ्गिट फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, ममता पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिङ्गिट बरामद गरिएको छ।
विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँचका क्रममा विदेशी मुद्रा फेला पारेपछि दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरपठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
क्षेत्रपाटीको खाजा घरमा जुवाको खाल, ३८ हजार नगदसहित ९ जना पक्राउ
August 30, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्