औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- thantikhabar
- August 18, 2026
28
SHARES
जाजरकोट, जाजरकोटको भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका दैलेख नारायण नगरपालिका–२ का ३२ वर्षीय दिपक कुमार थापाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्री, भेरी–९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन्।
घटनाअनुसार साउन २५ गते राति भेरी नगरपालिका–१० नुवागाउँमा बिरेन्द्र खत्रीसहितका व्यक्तिहरूले कुटपिट गर्दा दिपक गम्भीर घाइते भएका थिए। घाइते थापाको नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा साउन २८ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
क्षेत्रपाटीको खाजा घरमा जुवाको खाल, ३८ हजार नगदसहित ९ जना पक्राउ
August 30, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्