औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- thantikhabar
- August 18, 2026
53
SHARES
जाजरकोट, जाजरकोटको भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका दैलेख नारायण नगरपालिका–२ का ३२ वर्षीय दिपक कुमार थापाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्री, भेरी–९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन्।
घटनाअनुसार साउन २५ गते राति भेरी नगरपालिका–१० नुवागाउँमा बिरेन्द्र खत्रीसहितका व्यक्तिहरूले कुटपिट गर्दा दिपक गम्भीर घाइते भएका थिए। घाइते थापाको नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा साउन २८ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन



प्रतिकृया दिनुहोस्