कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान
- thantikhabar
- August 28, 2026
6
SHARES
कैलाली, ११ भदौ । कैलालीमा ३३ वर्षीय दीपक सुनारको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ की ३२ वर्षीया यमुना सुनार, सोही नगरपालिका–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका–३ का ३२ वर्षीय राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना र सोही नगरपालिका–८ का ३२ वर्षीय भीमा राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक दीपक सुनारकी श्रीमती यमुनाले एक पुरुषसँग मिलेमतो गरी हत्या गर्ने योजना बनाएको र उनलाई अमरावती जंगलमा हत्या गरी शव कर्णाली नदीमा फालेको हुनसक्ने खुलेको जनाइएको छ।
घटनामा पक्राउ परेका पाँचै जनामाथि जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिइएको छ। उनीहरूको संलग्नता, घटनाको वास्तविक कारण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले अनुसन्धान पूरा भएपछि घटनासम्बन्धी थप तथ्य सार्वजनिक गर्ने जनाएको छ।
- रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन
- बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
- विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
- भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग
- बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
- Nepal-India Chamber of Commerce & Industry (NICCI) and Bagmati University Sign Memorandum of Understanding to Strengthen Academia-Industry Collaboration
- NICCI र बागमती विश्वविद्यालयबीच सहकार्यको सम्झौता, विद्यार्थीलाई रोजगारीदेखि उद्यमशीलतासम्म जोड्ने लक्ष्य
- नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्