ताजा समाचार

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

मोरङ। १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका–६ निवासी २७ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले मंगलबार दिउँसो आरोपितलाई नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोरखामा मध्यराति आगलागी, गोठ पूर्ण रूपमा जलेर नष्ट

गोरखामा मध्यराति आगलागी, गोठ पूर्ण रूपमा जलेर नष्ट

गोरखा। गोरखाको भिमसेनथापा गाउँपालिका–२, काउलेमा गए राति भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरीका अनुसार स्थानीय झण्डबहादुर लामिछानेको घर नजिकै रहेको गोठमा अचानक आगलागी भएको हो। आगलागीबाट गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।

  • काठमाडौंमा लाखौंको चोरी, घरबाट सुनका गरगहना र नगद गायब

    काठमाडौंमा लाखौंको चोरी, घरबाट सुनका गरगहना र नगद गायब

    काठमाडौं। राजधानीको तारकेश्वर क्षेत्रमा एक घरमा चोरी हुँदा करिब ६ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल हराएको छ। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–१०, लोकतान्त्रिक चोक निवासी ४८ वर्षीय नारायणप्रसाद खतिवडाको घरबाट सुनका गरगहना र नगदसहित उक्त मूल्य बराबरको सामान सोमबार साँझ...

  • पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घट्यो

    पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घट्यो

    काठमाडौं। इन्धन प्रयोग गर्ने आम उपभोक्ताका लागि राहतको खबर आएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको प्रभावलाई आधार मान्दै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य घटाएको जनाएको छ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ...

  • प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

    प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

    काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक...

  • काठमाडौं र चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ, ३ लाखभन्दा बढी नगद बरामद

    काठमाडौं र चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ, ३ लाखभन्दा बढी नगद बरामद

    काठमाडौं, काठमाडौं र चितवनका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ लाख रुपैयाँभन्दा बढी नगद र ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको डेरामा...