गोरखामा मध्यराति आगलागी, गोठ पूर्ण रूपमा जलेर नष्ट

गोरखामा मध्यराति आगलागी, गोठ पूर्ण रूपमा जलेर नष्ट

गोरखा। गोरखाको भिमसेनथापा गाउँपालिका–२, काउलेमा गए राति भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार स्थानीय झण्डबहादुर लामिछानेको घर नजिकै रहेको गोठमा अचानक आगलागी भएको हो। आगलागीबाट गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।