१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

मोरङ। १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका–६ निवासी २७ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले मंगलबार दिउँसो आरोपितलाई नियन्त्रणमा लिएको हो।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।