हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

म्याग्दी, २२ भदौ। आफ्नै हजुरआमा ७२ वर्षीया मनकुमारी घिमिरेको हत्या गरेको अभियोगमा बेनी नगरपालिका–२ खबरा बस्ने २५ वर्षीय आशिष बरुवाललाई प्रहरीले पक्राउ गरेको छ।

आशिषले धारिलो हतियार दाउ प्रहार गरी मनकुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–२ हाडेभिरबाट सोमबार दिउँसो पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।