काठमाडौंमा पेस्तोलसहित दुई युवक पक्राउ

काठमाडौंमा पेस्तोलसहित दुई युवक पक्राउ

काठमाडौं, १३ कात्तिक | ठाँटी खबर

राजधानी काठमाडौंको ढल्कुमा प्रहरीले हातहतियारसहित दुई युवकलाई पक्राउ गरेको छ!
म्याग्जिनसहितको पेस्तोल र १२ राउण्ड गोली बरामद भएपछि प्रहरीले सतर्कता अपनाएको थियो 🔥

पक्राउ परेकाहरू:

  • २३ वर्षीय समिर श्रेष्ठ, नुवाकोट लिखु गाउँपालिका–६ घर, काठमाडौं–१७ नयाँबजार बसोबास

  • २३ वर्षीय एलेक्स नेपाली, काभ्रे पनौती–१० खोपासी घर, काठमाडौं–१६ क्षेत्रपाटी बसोबास

प्रहरी अपरेशन:
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले मंगलबार राति उनीहरूलाई पक्राउ गरेको हो।

👮‍♂️ प्रहरीको भनाइ:

“उनीहरूबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र १२ राउण्ड गोली बरामद गरिएको छ।
हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा आवश्यक कारबाही सुरु गरिएको छ।”

हाल उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ र थप अनुसन्धान जारी छ।