चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना

स्याङ्जा, भदौ चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२, कोत्रे बस्ने ३२ वर्षीय सन्तोष परियार रहेका छन्।

जिल्ला अदालत स्याङ्जाले २०८२ भदौ ३१ गते गरेको फैसला तथा उच्च अदालत पोखरा, कास्कीले २०८३ जेठ १ गते गरेको फैसलाअनुसार परियारलाई १ वर्ष १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो। फैसला कार्यान्वयनका क्रममा उनी फरार रहेका थिए।

फरार प्रतिवादीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उनलाई कास्कीको पोखरा महानगरपालिका–१७, ड्यामसाइडबाट पक्राउ गरेको हो।

पक्राउ परेका परियारलाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।