१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

झापा, भदौ ६, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापामा एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ बस्ने ४० वर्षीय अशोक कुमार राई रहेका छन्।

प्रहरीका अनुसार राईले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। उक्त उजुरीका आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।