मैझारो-चलचित्र बिबेचना ।

मैझारो-चलचित्र बिबेचना ।

२०८२ कार्तिक ७ गतेबाट प्रदर्शनमा आएकाे नेपाली चलचित्र मैझाराे ।

९ गते हेर्ने मेसाे जुराएँ । एउटा सुन्दर चलचित्र छ । ऊनकाे स्वीटर पछि फेरि एउटा सुन्दर नेपाली चलचित्र हेरेर मन आनन्दित भयाे । एउटा थेंट नेपाली शब्दबाट नाम जुराएकाे कारण पनि म उत्सुक थिएँ याे चलचित्र हेर्ने र आज त्याे उत्सुकता पूरा भाे ।
चलचित्र सफा छ । प्रेम, बाध्यता, किराँती संस्कार अनि संस्कृतिलाई पनि कथामा उनेर प्रेमलाई उनेकाे छ कथा लेखनले ।
कलाकारहरुमा धीरज मगर (बलिहाङ), मिरुना मगर (सिम्मा), अभय बराल (मित्ता), विल्सन बिक्रम राई (लाहुरे) सहित काे सहज, सफा अनि वास्तविक अभिनय छ जुन अति राम्राे छ । मिरुना मगरकाे अभिनय त यश भनदा अघिल्ला चलचित्रहरु जारी, घरज्वाइँ, कबड्डी४, मनसरा र उनकाे स्वीटरमा जसरी राम्राे थियाे याे चलचित्रमा पनि अव्वल नै छ भूमिका र परिबेश सुहाउँदाे छ । धिरज मगरकाे त पहिलाे चलचित्र ईन्टु मिन्टु लण्डनमा र बबरी हेरेकै समय पनि मलाई लागेकाे थियाे कि याे कलाकारका एक्स फ्याकटर छ र याे लामाे रेसकाे घाेडा हुन सक्छ भन्ने जुन मैझाराेमा देखियाे । निर्देशकीय रूपमा तकमे बुढा भनेर चिनिएका कलाकार विल्सन बिक्रम राई राम्रै लागेकाे छ । पहिलाे निर्देशन भएता पनि यतिकाे कथा र पात्रमाथि न्याय गर्नु उनकाे यात्रा सहि छ भन्ने हुन्छ ।
त्यसैगरि मीठाे संगीतले सजिएकाे गीतले मनै तरंगित हुन्छ भने अत्यन्त मनमाेहक छ ईलामकाे चियाबगानका दृश्यहरु ।

एउटा सुन्दर नेपाली प्रेममय चलचित्र छ सबैले समय मिलाएर हेर्न पनि सबलाई भन्छु नेपाली चलचित्र मैझाराे (मायाकाे.. मैझाराे)।

-मार्शल ।