टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी

टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी

काठमाडौं, टोखा नगरपालिका–२ लबुमा डेरा गरी बस्दै आएका नुवाकोट ककनी गाउँपालिका–६ का ५७ वर्षीय भाईराजा गौतमको कोठाबाट करिब १२ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

प्रहरीका अनुसार गौतमको कोठाबाट नगदसँगै सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएका छन्। चोरीको घटना गएराति भएको हो।

घटनापछि प्रहरीले चोरीमा संलग्न रहेको आशंका गरिएका हाल फरार व्यक्तिको खोजी तीव्र बनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।