चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु

चितवन, २५ भदौ । रत्ननगर नगरपालिका–३ स्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना.३ ख ५१८७ नम्बरको ट्रकले बिहीबार बिहान ना.३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार मकवानपुरको मनहरी गाउँपालिका–७ बस्ने अन्दाजी ३९ वर्षीय पृतम मोक्तान गम्भीर घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते मोक्तानको बकुलहर अस्पताल, टाँडीमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका स्कुटर चालकको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।