श्री सरस्वती माविका पूर्व अध्यक्ष स्व. उदयजंग थापालाई विद्यालय परिवारद्वारा समवेदना अर्पण

श्री सरस्वती माविका पूर्व अध्यक्ष स्व. उदयजंग थापालाई विद्यालय परिवारद्वारा समवेदना अर्पण

गोरखा, असोज २५।

भिमसेन थापा गाउँपालिका–८, बोर्लाङस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, समाजसेवी, अभिभावक तथा जनप्रिय व्यक्तित्व उदयजंग थापाको यही २०८२ साल असोज १५ गते, बुधबारका दिन असामयिक निधन भएको दुःखद खबरले सम्पूर्ण बोर्लाङ क्षेत्र शोकमा डुबेको छ।

स्व. थापा विद्यालयका शुभचिन्तक तथा सामाजिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने एक अग्रणी व्यक्तित्वको रूपमा परिचित थिए। उहाँको मिति २०५३/१२/०७ देखि २०५७/०३/०२ को अध्यक्षता साथै अतुलनिय योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै श्री सरस्वती माध्यमिक विद्यालय परिवारले हालका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ८ का वडाध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा एक विशेष शोक कार्यक्रम आयोजना गरी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, स्थानीय बासिन्दा र पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले यस अपूरणीय क्षतिमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको थियो।

श्री उदयजंग थापाको निधनले विद्यालय र सम्पूर्ण समुदायलाई अपूरणीय क्षति पुगेको भन्दै उहाँको योगदान सधैं स्मरणीय रहने विद्यालय परिवारले जनाएको छ।