विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

ललितपुर, २३ असोज

गोदावरी नगरपालिका-१० चापागाउ बस्ने ७० वर्षीया धन कुमारी बिष्टको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब लाख ६३ हजार रूपैयाँ बराबरको धनमाल बुधबार बेलुकी चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।