म्याग्दीमा पहिरोमा पुरिएर हाइड्रोपावर कर्मचारीको मृत्यु

म्याग्दीमा पहिरोमा पुरिएर हाइड्रोपावर कर्मचारीको मृत्यु

म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला हाइड्रोपावरमा माथिबाट ढुंगासहितको पहिरो खस्दा एक जना कर्मचारीको मृत्यु भएको छ।

मंगलबार बिहान आएको पहिरोमा पुरिएर हाइड्रोपावरमा कार्यरत स्थानीय ५४ वर्षीय दीपक बरुवाल (खेमराज बरुवाल) बेपत्ता भएका थिए।

घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र इलाका प्रहरी कार्यालय भुरुङतातोपानीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा पहिरोमा पुरिएको अवस्थामा उनको शव फेला पारेको हो।

प्रहरी टोलीले घटनास्थलमा आवश्यक उद्धार कार्य गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।