जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, ८० हजारभन्दा बढी नगद बरामद

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, ८० हजारभन्दा बढी नगद बरामद

काठमाडौं, भक्तपुर र रुपन्देहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।

भक्तपुरको चाँगुनारायण–९ स्थित एक खाजाघरबाट ७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १८ हजार ५५५ रुपैयाँ र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, रुपन्देहीको बुटवल–११ स्थित एक खाजाघरबाट ११ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ६१ हजार ८०५ रुपैयाँ र ९ बुक तासबरामद भएको छ।

दुवै घटनामा गरी ८० हजार ३६० रुपैयाँ नगद र १२ बुक तास बरामद भएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।