बुढानीलकण्ठमा कोठा फोडेर २ लाखभन्दा बढीको धनमाल चोरी

बुढानीलकण्ठमा कोठा फोडेर २ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–१२, राधाकृष्ण मन्दिर नजिक डेरा गरी बस्ने एक महिलाको कोठाबाट सुन तथा चाँदीका गरगहनासहित करिब २ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

बुधबार दिउँसो भएको चोरीमा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।