युके पठाइदिन्छु भन्दै ७ लाख ठगी, २६ वर्षीय युवक पक्राउ

युके पठाइदिन्छु भन्दै ७ लाख ठगी, २६ वर्षीय युवक पक्राउ

काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २६ वर्षीय रिजवान शेषलाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३१ बस्ने शेषलाई पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं–३१ बाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको वैधानिकता अनिवार्य जाँच गर्नुहोस्।