बिजुलीको तारबाट करेन्ट लाग्दा ६० वर्षीय पुरुषको मृत्यु

बिजुलीको तारबाट करेन्ट लाग्दा ६० वर्षीय पुरुषको मृत्यु

बारा, आदर्श कोतवाल गाउँपालिका–७ कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरीको करेन्ट लागेर मृत्यु भएको छ।

बिजुलीको पोलमा रहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।