जबरजस्ती करणीको आरोपमा बर्दिया र बाँकेबाट दुई जना पक्राउ

जबरजस्ती करणीको आरोपमा बर्दिया र बाँकेबाट दुई जना पक्राउ

काठमाडौं,  बर्दियामा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया–११ का ४५ वर्षीय कमलराज विकपक्राउ परेका छन्।

यस्तै, बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा राप्तीसोनारी–१ का ३८ वर्षीय रूपलाल खुनालाई प्रहरीले पक्राउ गरेको छ।

दुवै घटनामा पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।