करेन्ट लागेर दुई जनाको मृत्यु
- thantikhabar
- July 27, 2026
36
SHARES
काठमाडौं | श्रावण ११, २०८३, देशका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्ने घटनामा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–२ निवासी २० वर्षीय दिपक कुमालको सिंचाइका लागि प्रयोग गरिएको कुलोमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार दिउँसो गम्भीर घाइते भएका थिए। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृश्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भई करेन्ट लाग्दा अन्नपूर्ण केबल लाइन, सतुङ्गलमा कार्यरत काठमाडौं महानगरपालिका–२१ सतुङ्गल निवासी ३० वर्षीय डेनिष प्रधानको पनि मृत्यु भएको छ। गम्भीर घाइते भएका प्रधानको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। साथै, विद्युतीय उपकरणको प्रयोग तथा करेन्ट प्रवाह गरिएका स्थानमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्