अरूवा खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु

अरूवा खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु

काठमाडौं | श्रावण ११, २०८३, रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित अरूवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिन शनिबार दिउँसो खोलामा नुहाउने क्रममा डुबेका थिए। घटनापछि उनको उद्धार गरी उपचारका लागि लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, वर्षायाममा नदी, खोला तथा जलाशयमा नुहाउँदा विशेष सावधानी अपनाउन अभिभावक र सर्वसाधारणलाई आग्रह गरिएको छ।