अन्तर्राष्ट्रिय शिखर सम्मेलनबाट फर्किए प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सीमापार अपराध नियन्त्रणमा विश्वव्यापी सहकार्यमा नेपालको सक्रिय भूमिका
काठमाडौं, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्याण्डको बैंककमा आयोजित ‘The Regional Summit on Scam Center Compounds and Transnational Organized Crime’ मा सहभागी भई बुधबार स्वदेश फर्किनुभएको छ।
Federal Bureau of Investigation (FBI) र Royal Thai Police को संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान र प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयका विषयमा विस्तृत छलफल भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकसहित वरिष्ठ प्रहरी अधिकृतहरूले प्रहरी महानिरीक्षक कार्कीलाई स्वागत गर्नुभएको थियो।
प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत नेपाली प्रतिनिधिमण्डलमा सहभागी भएको थियो।
नेपाल प्रहरीको अन्तर्राष्ट्रिय उपस्थिति र विश्वस्तरीय सहकार्यले साइबर अपराध तथा संगठित अपराध नियन्त्रणमा देशको क्षमता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
(Photo: Nepal Police)



प्रतिकृया दिनुहोस्