घर नजिकै आफ्नै बारीमा ४८ वर्षीया महिला मृत अवस्थामा फेला

घर नजिकै आफ्नै बारीमा ४८ वर्षीया महिला मृत अवस्थामा फेला

गोरखा, श्रावण — गोरखाको पालुङटार नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

पालुङटार नगरपालिका–६ कालामाटा निवासी ४८ वर्षीया भगवती अधिकारी बिहीबार घर नजिकै रहेको आफ्नै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।