कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
- thantikhabar
- July 22, 2026
44
SHARES
काठमाडौं, वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले सुनसरी इटहरी उपमहानगरपालिका–१७ बस्ने, ओखलढुंगा लिखु गाउँपालिका–३ घर भएका २८ वर्षीय प्रदीप कुमार श्रेष्ठ र कपिलवस्तु शिवराज नगरपालिका–१ घर भएकी २४ वर्षीया कविता वेल्वासेलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रदीपले “कम्बोडिया पठाइदिन्छु” भन्दै एक पीडितबाट ४ लाख रुपैयाँ र कविताले “यूएई पठाइदिन्छु” भन्दै अर्का एक पीडितबाट १ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीपछि अनुसन्धान अघि बढाएको प्रहरीले प्रदीपलाई काठमाडौं महानगरपालिका–३ बाट आइतबार र कवितालाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार पक्राउ गरेको जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका लागि रकम बुझाउनुअघि सम्बन्धित म्यानपावर कम्पनी, वैदेशिक रोजगार विभागको स्वीकृति र कानुनी प्रक्रिया अनिवार्य रूपमा बुझ्न आग्रह गर्दै यस्ता प्रलोभनबाट सतर्क रहन सबैलाई अनुरोध गरेको छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्