नेपाली लायनवादका ‘ऊर्जाशिल नक्षत्र’ राजन धरातल श्रेष्ठद्वारा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा उम्मेदवारी घोषणा

नेपाली लायनवादका ‘ऊर्जाशिल नक्षत्र’ राजन धरातल श्रेष्ठद्वारा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा उम्मेदवारी घोषणा

काठमाडौं, ७ वैशाख । नेपाली लायनवादमा ऊर्जाशिल र सक्षम युवा नेतृत्वको पहिचान बनाउनुभएका लायन राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट ३२५ ई को द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर (Second Vice District Governor) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

लायन्स क्लब अफ काठमाडौं ‘लिडरशिप फर चेन्ज’का चार्टर्ड प्रेसिडेन्ट समेत रहनुभएका श्रेष्ठले “सामुदायिक सेवाका नेतृत्वकर्ता” को रूपमा आफ्नो प्रभावकारी कदम अगाडि बढाउँदै नेतृत्वमा दाबेदारी प्रस्तुत गर्नुभएको हो।

अनुभवी र प्रशिक्षित नेतृत्व लायनवादको सुदृढीकरणका लागि श्रेष्ठले डिस्ट्रिक्ट चेयरपर्सन, जोन चेयरपर्सन, GLT/GMT कोअर्डिनेटर र चिफ एरिया कोअर्डिनेटर जस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक वहन गरिसक्नुभएको छ। उहाँले लायन्स इन्टरनेशनलबाट DLLI, RLLI, ALLI देखि FDI सम्मका उच्चस्तरीय तालिमहरू प्राप्त गर्नुका साथै लायन्स युनिभर्सिटीबाट पीएचडीसम्मको प्राज्ञिक अध्ययन समेत पुरा गर्नुभएको छ।

अन्तर्राष्ट्रिय सम्मान र मानवीय सेवा अन्तर्राष्ट्रिय स्तरमा GAT मेडल, प्रेसिडेन्सियल मेडल र प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो (PMJF) बाट सम्मानित श्रेष्ठले टीयू लायन्स रक्तसञ्चार बैंकको संस्थापक सदस्य भई मानवीय सेवामा विशिष्ट योगदान पुर्‍याउनुभएको छ। उहाँको सेवामुखी भावना र सांगठनिक पकडलाई लायनवृत्तमा उच्च सम्मानका साथ हेर्ने गरिन्छ।

आगामी योजना र प्रतिबद्धता उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले स्पष्ट दृष्टिकोण, युवा सहभागिता र प्रविधिमैत्री प्रणालीलाई आत्मसात गर्ने बताउनुभएको छ। उहाँले लायन एकतामा अडिग रहने र “हामी सेवा गर्छौं” (We Serve) भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउन श्रेष्ठको उम्मेदवारी कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ। उहाँको अनुभवी र समाधानमुखी नेतृत्वले आगामी वर्षमा संगठनलाई थप उचाइमा पुर्‍याउने अपेक्षा लायन सदस्यहरूले गरेका छन्।