सराङ्कोटमा क्षेत्री समाज नेपालको एकता र नेतृत्व सुदृढ तेस्रो अधिवेशन तथा चौथो साधारण सभा सफलतापूर्वक सम्पन्न

सराङ्कोटमा क्षेत्री समाज नेपालको एकता र नेतृत्व सुदृढ तेस्रो अधिवेशन तथा चौथो साधारण सभा सफलतापूर्वक सम्पन्न

पोखरा, क्षेत्री समाज नेपाल, वडा समिति पोखरा–१८ सराङ्कोटको तेस्रो अधिवेशन तथा चौथो साधारण सभा समाजसेवी अमरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा संस्थाको हालसम्मको गतिविधि प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना र दीर्घकालीन लक्ष्यहरूमाथि सकारात्मक र रचनात्मक छलफल गरिएको थियो।

सभाले संगठन सुदृढीकरण, सामाजिक सेवाको विस्तार तथा भावी कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

यसै अवसरमा नयाँ कार्यसमिति निरविरोध चयन भएकोमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

अध्यक्ष: कमला गोतामे
उपाध्यक्ष: शोभ ढकाल
सचिव: बलराम कुमार जिसी
कोषाध्यक्ष: सावित्री बुढाथोकी कार्की
सहित सम्पूर्ण कार्यसमिति र सिंगो टिमलाई समाजप्रति समर्पित र सफल कार्यकालको शुभेच्छा व्यक्त गरिएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै, क्षेत्री समाज नेपालको एकता, पहिचान र सामाजिक उत्तरदायित्व अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिएको छ।