खडानन्द भट्टद्वारा वसन्त पञ्चमीको विशेष शुभकामना

खडानन्द भट्टद्वारा वसन्त पञ्चमीको विशेष शुभकामना

काठमाडौं – मिडिया ठाँटी प्रा. लि. का प्रबन्ध निर्देशक खडानन्द भट्ट ले आज वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “वसन्त पञ्चमी ज्ञान, संस्कार र विवेकको पर्व हो। माँ सरस्वतीको आशीर्वादले सबैको जीवन उज्यालो, सफल र समृद्ध बनोस्। बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा हाम्रो भविष्यप्रति आशा र सम्मानको प्रतीक हो। हामी सबैले शिक्षा, सेवा र सद्भावमार्फत समाजमा उज्यालो फैलाउन प्रयत्न गरौं।”

भट्टले वसन्त पञ्चमीले अज्ञानता हटाएर समाजलाई चेतनशील, संस्कारित र प्रगतिशील बनाउने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

सन्देश: ज्ञान, शिक्षा र सेवा नै हाम्रो समाजको साँचो शक्ति हुन्।

✍🏻 खडानन्द भट्ट
प्रबन्ध निर्देशक (MD) मिडिया ठाँटी प्रा. लि., काठमाडौं !