घोडा वर्षमा सुख, शान्ति र समृद्धिको कामना: प्रधानमन्त्रीको सोनाम ल्होसार सन्देश

घोडा वर्षमा सुख, शान्ति र समृद्धिको कामना: प्रधानमन्त्रीको सोनाम ल्होसार सन्देश

काठमाडौँ !  प्रधानमन्त्री सुशीला कार्कीले तामाङ लगायत हिमाली र पहाडी आदिवासी समुदायका लागि राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होसार–२८६२ (ता ल्हो) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले घोडा वर्षको पावन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण समुदायमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने सोनाम ल्होसार हरेक वर्ष माघ शुक्ल प्रतिपदामा पर्छ। यस दिनमा समुदायभित्र कुल पूजा, प्रकृति पूजा गर्दै, बुद्धका सन्देशहरूलाई स्मरण गर्ने परम्परा रहेको छ। साथै, आफन्त र साथीभाइहरू भेला भएर आपसी खुसी साटासाट गर्ने परम्परा पनि छ।

नेपालमा तामाङ समुदाय बाहेक ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका आदिवासी जनजातिले पनि यो पर्व उल्लासका साथ मनाउँछन्।

पर्वको विशेषता:

  • मौलिक सेलो नृत्य र गीत

  •  डम्फु जस्ता परम्परागत वाद्य

  • परम्परागत स्वादिष्ट परिकार

सोनाम ल्होसार केवल पर्व मात्र होइन, नेपाली सांस्कृतिक धरोहर र एकताको प्रतीक पनि हो।