ECAN सचिव पदका सशक्त उम्मेदवार भूपाल के.सी.: स्मार्ट, प्रविधिमैत्री र आधुनिक ECAN को स्पष्ट दृष्टिकोण

ECAN सचिव पदका सशक्त उम्मेदवार भूपाल के.सी.: स्मार्ट, प्रविधिमैत्री र आधुनिक ECAN को स्पष्ट दृष्टिकोण

काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) को पुस २८ गते सम्पन्न हुने २०औँ साधारणसभा अन्तर्गतको केन्द्रीय निर्वाचनमा भूपाल के.सी. ले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

युवा, ऊर्जाशील र दूरदर्शी पेशागत व्यक्तित्वका रूपमा परिचित Iron Gate International Education Services का प्रतिनिधि के.सी. ले ECAN लाई स्मार्ट, प्रविधिमैत्री र आधुनिक संस्थामा रूपान्तरण गर्ने स्पष्ट तथा व्यवहारिक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।

शैक्षिक परामर्श क्षेत्रमा नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत संस्थागत सुधारमा जोड दिँदै आउनुभएका के.सी. ले VFS सँग प्रभावकारी सहकार्य, सुदृढ दस्तावेज व्यवस्थापन प्रणाली, पारदर्शी र प्रभावकारी संचार संरचना, तथा आधुनिक एड–टेक (Ed-Tech) प्लेटफर्मको उपयोग मार्फत ECAN को सेवा प्रवाहलाई अझ गुणस्तरीय र विश्वासिलो बनाउने लक्ष्य अघि सार्नुभएको छ।

नवप्रवर्तन, डिजिटल रूपान्तरण र संस्थागत सुशासनप्रति दृढ प्रतिबद्धता व्यक्त गर्दै उहाँले ECAN लाई सदस्य–केन्द्रित, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको पेशागत संस्थाका रूपमा स्थापित गर्ने संकल्प जनाउनुभएको छ।

उहाँको व्यावसायिक निष्ठा, प्राविधिक समझदारी र भविष्यदृष्टिका कारण ECAN भित्र भूपाल के.सी. लाई सचिव पदका लागि सक्षम, भरोसायोग्य र समयसापेक्ष नेतृत्वका रूपमा हेरिएको छ। शैक्षिक परामर्श क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उहाँको योजनाले सदस्यहरूबीच थप आशा र विश्वास जागृत गराएको देखिन्छ।

ECAN लाई डिजिटल, स्मार्ट र विश्वसनीय संस्थाको रूपमा अघि बढाउने अभियानमा भूपाल के.सी. को उम्मेदवारी निर्णायक हुने विश्वासव्यक्त गरिएको छ।