एमाले उम्मेदवार सिफारिसमा तिव्रता: ओलीदेखि पौडेलसम्म २४ क्षेत्रमा ‘एकल नाम’, कसले कहाँबाट मार्ला बाजी?
काठमाडौं, पुस २२ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला तथा निर्वाचन क्षेत्रीय कमिटीहरूले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्।
सिफारिसको क्रममा कतै एकल नाम, कतै बहु-आकांक्षी, त कतै सबै इच्छुकको नामै केन्द्र पठाइएको एमाले स्रोतले जनाएको छ। यसले उम्मेदवार छनोटलाई थप रोचक बनाएको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ। सिफारिस भएका ‘हेभीवेट’ नेतादेखि नयाँ अनुहारसम्मको सूची यस प्रकार छ—
केपी शर्मा ओली – झापा–५
विष्णु पौडेल – रुपन्देही–२
शंकर पोखरेल – दाङ–२
लेखराज भट्ट – कैलाली–४
महेश बस्नेत – भक्तपुर–२
प्रदीप ज्ञवाली – गुल्मी–१
ईश्वर पोखरेल – काठमाडौँ–५
लीलानाथ श्रेष्ठ – सिरहा–३
अजय गुप्ता – रौतहट–१
हरि उप्रेती – सर्लाही–३
तिलक महत – नवलपुर–२
मिलन गुरुङ – गोरखा–२
बद्री मैनाली – नुवाकोट–१
सूर्य ढकाल – बाँके–१
दलबहादुर सुनार – बाँके–३
विश्राम चौधरी – कपिलवस्तु–१
सुहाङ नेम्वाङ – इलाम–२
लक्ष्मी महतो कोइरी – महोत्तरी–१
ध्रुव शाही – सुर्खेत–१
कलाधर देवकोटा – सुर्खेत–२
गुलाबजंग शाह – सल्यान
मणिराम फुयाल – काठमाडौँ–२ (प्रस्ताव)
दामोदर भण्डारी – बैतडी
गणेश ठगुन्ना – दार्चुला
एमालेका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लामा पनि सर्वसम्मत रूपमा एकल नाम टुंगो लागिसकेको छ भने केही ठाउँमा उम्मेदवार छनोट प्रक्रिया अझै जारी छ।
सबै जिल्लाबाट सिफारिस केन्द्रमा पुगेपछि अन्तिम निर्णय पार्टी केन्द्रले गर्ने एमालेले स्पष्ट पारेको छ। अब चासोको विषय बनेको छ— कसले टिकट पाउँछ, कसको नाम काटिन्छ?
Source: Nabaraj Pathik



प्रतिकृया दिनुहोस्