जाँचबुझ आयोग गुण्डुमै पुग्यो, ओलीको ५० प्रश्नमा लिखित बयान

जाँचबुझ आयोग गुण्डुमै पुग्यो, ओलीको ५० प्रश्नमा लिखित बयान

काठमाडौँ
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन्। आयोगको टोली आइतबार भक्तपुरको गुण्डु पुगेर ओलीसँग बयान लिएको हो।

आयोगले ओलीलाई गत भदौ २३ को आन्दोलनमा निर्वाह गरेको भूमिका र त्यसपछिको भदौ २४ को घटनाक्रमलाई केन्द्रमा राख्दै लिखित रूपमा प्रश्न सोधेको जनाएको छ। करिब ५० वटा प्रश्न तयार गरी आयोगले ओलीसँग जवाफ मागेको थियो।

आयोग स्रोतका अनुसार घटनासँग सम्बन्धित राजनीतिक निर्णय, निर्देशन र समग्र भूमिकाबारे स्पष्टता लिन बयान लिइएको हो। ओलीले सबै प्रश्नको लिखित रूपमा जवाफ दिएका छन्।

उक्त घटनाबारे सत्यतथ्य पत्ता लगाउने उद्देश्यले आयोगले अनुसन्धान तीव्र बनाएको बताइएको छ। आयोगको प्रतिवेदन सार्वजनिक भएपछि थप राजनीतिक तरंग आउने अपेक्षा गरिएको छ।