इतिहास दोहोरिन सक्छ! दलभित्रको झगडाले लोकतन्त्र जोखिममा : प्रदीप ज्ञवाली

इतिहास दोहोरिन सक्छ! दलभित्रको झगडाले  लोकतन्त्र जोखिममा : प्रदीप ज्ञवाली

लोकतन्त्र कमजोर हुँदा दोष कसको ? एमाले नेता प्रदीप ज्ञवालीको कडा चेतावनी

“दलभित्रको कमजोरीले मुलुकले मूल्य चुकाउँछ”

काठमाडौं, २० पुस — नेकपा (एमाले) का वरिष्ठ नेता प्रदीप ज्ञवालीले प्रमुख राजनीतिक दलहरूको आन्तरिक अवस्था कमजोर हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको लोकतान्त्रिक प्रणालीमा पर्ने स्पष्ट चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले विगतका तीतो अनुभव स्मरण गराएका छन्।

ज्ञवालीका अनुसार
२०५४ सालको एमाले विभाजनले देशलाई हिंसात्मक द्वन्द्वतर्फ धकेल्न सघायो
२०५९ सालको नेपाली कांग्रेस विभाजनले राजालाई प्रजातन्त्र अपहरण गर्ने बहाना दियो

“दलहरू आन्तरिक रूपमा कमजोर वा विभाजित हुँदा त्यसको मूल्य लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ,” उनले लेखेका छन्।

वर्तमान अवस्थामा लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौती देखिएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसलाई विशेष सन्देशदिएका छन्—
आन्तरिक समस्या समझदारी र सुझबुझका साथ समाधान गर्नुपर्ने

ज्ञवालीले जोड दिएका छन्,
“लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वशर्त हो।”

उनको यो पोस्टलाई सामाजिक सञ्जालमा व्यापक चर्चा र समर्थन मिलिरहेको छ।