कमल थापाको खुलासा: भदौ २४ राति राजालाई ल्याउन दुई नेताबाट फोन आएको थियो

कमल थापाको खुलासा: भदौ २४ राति राजालाई ल्याउन दुई नेताबाट फोन आएको थियो

काठमाडौं, १६ पुस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले गत भदौ २४ गते देश जलिरहेको बेला मुख्य पार्टीका दुई नेताबाट फोन आएर राजा ल्याउन प्रयास गर्न प्रस्ताव गरिएको खुलासा गरेका छन्।

राप्रपा एकता घोषणामा बोल्दै उनले भने:

“भदौ २४ गते राति ११ बजेतिर मलाई दुई नेताले फोन गर्नुभयो। देश जलिरहेको थियो, उहाँहरूले भन्नुभयो– ‘कमलजी, देश जोगाउन तपाईंले प्रयास गर्नुपर्छ, राजालाई ल्याउनै पर्‍यो।’”

थापाले ती नेताको नाम तत्काल खुलाइएको नभए पनि आवश्यक परे सार्वजनिक गर्ने तयारी रहेको बताए।

“उहाँहरूले भूमिका खेल्न आग्रह गर्नुभयो, तर मेरो हैसियत थिएन, प्रयास पनि भएन। भोलि फेरि यस्तो घटना दोहोरिन सक्छ भन्ने कारण राजसंस्था अपरिहार्य बन्यो।”

थापाको यो खुलासाले भदौ २४ को जेनजी आन्दोलन र राजसंस्थासँगको सम्बन्ध पुनः बहसमा ल्याउने निश्चित छ।