राजेन्द्र लिङ्देनको दाबी: राप्रपाको एजेन्डा लोकप्रियता र स्वीकार्यता बढ्दै

राजेन्द्र लिङ्देनको दाबी: राप्रपाको एजेन्डा लोकप्रियता र स्वीकार्यता बढ्दै

काठमाडौं, १६ पुस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेको राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा लोकप्रिय हुँदै गएको दाबी गरेका छन्।

राप्रपा नेपालसँगको एकता घोषणा सभामा बोल्दै उनले भने:

“हाम्रो एजेन्डाको लोकप्रियता र स्वीकार्यता बढेको छ। अब विचारसँग सहमत मानिसलाई यहीँ ल्याउनुपर्छ।”

अध्यक्ष लिङ्देनले सबै शक्तिबीच राष्ट्रिय सहमति कायम गरेर मेलमिलापको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए।

“पार्टी कोही एक्लैले चलाउने होइन, सबै मिलेर चलाउने हो। रिक्तता पूर्ण भएको छ, अब सबैलाई मिलाएर लैजानेछौँ।”

उनले भदौको आन्दोलन अझै अन्त्य नभएको र ठुला आन्दोलन हुनसक्ने सम्भावना रहेको भन्दै निर्वाचन आयोगको कालोसूचीको काममा आपत्ति पनि जनाए।