प्रचण्डको चेतावनी: राजनीतिक–आर्थिक संकट समाधानमा सर्वपक्षीय सहमति अपरिहार्य

प्रचण्डको चेतावनी: राजनीतिक–आर्थिक संकट समाधानमा सर्वपक्षीय सहमति अपरिहार्य

काठमाडौं, १६ पुस
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि राष्ट्रिय र सर्वपक्षीय सहमति अपरिहार्य भएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै उनले भदौमा भएको जेनजी आन्दोलनले राजनीतिक नेतृत्व र समाजका संघसंस्थाहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको बताए।

“यो आन्दोलनले दुई विकल्प दिएको छ: आफ्ना कमजोरी सच्याएर अघि बढ्ने, कि इतिहासको मञ्चबाट पन्छिने।”

उहाँले मुलुक निर्वाचनको दिशामा अघि बढिरहेको भन्दै सरकारको कदमको प्रशंसा गरे।

“स्वच्छ र निष्पक्ष निर्वाचन, नयाँ जनादेश र संविधान सुधार नै आजको मुख्य आवश्यकता हो।”

निजी क्षेत्र र आर्थिक विकास

प्रचण्डले निजी क्षेत्रको सुरक्षा र प्रोत्साहनबिना समृद्धि असम्भव भएको बताए।

“निजी क्षेत्रलाई प्रोत्साहित गरिएन र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धि केवल भाषणमै सीमित हुन्छ।”

उहाँले राजनीतिक दल, सरकार, निजी क्षेत्र र नागरिक समाजबीच साझा सहमति आवश्यक भएको र संविधान जारी भएको १० वर्ष पछि समीक्षा गरेर नयाँ संसदबाट आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिनुभयो।