डा. भट्टराईको चेतावनी: शासकीय सुधार र लगानीमैत्री वातावरण बिना समृद्धि असम्भव

डा. भट्टराईको चेतावनी: शासकीय सुधार र लगानीमैत्री वातावरण बिना समृद्धि असम्भव

काठमाडौं, १६ पुस
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको वर्तमान शासकीय प्रणाली र आर्थिक मोडेलमा आमूल सुधार नगरेसम्म वास्तविक समृद्धि हासिल नहुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले विगत २० वर्षदेखि उही समस्या र उही टाउकाहरूमै छलफल भए पनि नतिजा नआएको चिन्ता व्यक्त गरे।

उहाँले भने:

“नेपालको अर्थतन्त्र अझै पनि निर्वाहमुखी कृषिमा आधारित छ। ६०% जनसंख्या कृषिमा आश्रित छ, उत्पादकत्व न्यून, छोरो खाडीमा कमाउँछ, बाबु–आमा ऋण तिर्दै जीवन बिताउँछन्।”

डा. भट्टराईले कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित नीति निर्माण, शासकीय सुधार, र स्थिर सरकार आवश्यक रहेको बताए।

“राजनीतिक स्थिरता बिना शान्ति र आर्थिक वृद्धि असम्भव छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदमा जानुपर्छ।”

उहाँको भनाइले नेपालमा नीति स्थिरता र लगानी वातावरण सुधारको तत्काल आवश्यकता उजागर गरेको छ।